
९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् ।
जहाज दुर्घटनास्थल अवलोकन गर्न प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर पुगेका थिए । त्यस क्रममा प्राधिकरणको उद्धार समन्वय केन्द्रका अधिकारीहरूसँग ब्रिफिङ लिएका हुन् ।
जहाज दुर्घटनाबारे निर्णय लिन आजै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले छानबिन समिति गठन गर्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4