
९ साउन, काठमाडौं । बुधबार धितोपत्र बजारमा कुल १६ अर्ब २० करोडको कारोबार भयो । यो कारोबार २०७८ भदौयताकै उच्च हो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरुले कुल ५ अर्ब ६६ करोडको सेयर खरिद गर्दा ५ अर्ब ७२ करोडको बिक्री गरेका छन् । समग्रमा टप १० ब्रोकर कम्पनीको खरिदभन्दा बिक्री रकम धेरै देखिन्छ ।
तर ब्रोकर संख्याका आधारमा ६ वटाको खरिद धेरै हुँदा ४ वटाको बिक्री धेरै छ । नासा, इम्पेरियल, सनी, अनलाइन, दिपशिखा र अग्रवाल सेक्युरिटिजबाट खरिद धेरै भएको छ । त्यस्तै भिजन, डायनामिक, आर्यतारा र एबीसी सेक्युरिटिजबाट भने बिक्री धेरै भएको छ ।
कुल कारोबार रकममा टप १० ब्रोकर कम्पनीको अंश ३५ प्रतिशत छ । बुधबार पनि धेरै कारोबार गर्नेमा नासा अगाडि रह्यो । सो कम्पनीमार्फत ८४. ५२ करोडको धितोपत्र खरिद गर्दा ७९.३४ करोडको बिक्री भयो ।
टप १० ब्रोकर कम्पनीमार्फत सबैभन्दा धेरै रकमको कारोबार हुने कम्पनीहरुमा सोल्टी होटल, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, माथिल्लो तामाकोशी, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा लगायत छन् ।
बुधबार उच्च रकमको धितोपत्र कारोबार गरेका ब्रोकर कम्पनी
ब्रोकर कम्पनी | खरिद रकम (करोडमा) | बिक्री रकम (करोडमा) |
नासा | ८४.५२ | ७९.३४ |
इम्पेरियल | ७९.१९ | ७२.५४ |
भिजन | ६६.५६ | ७८.०७ |
डायनामिक | ४९.९२ | ५८.३० |
सनी | ५५.७६ | ५२.१० |
आर्यतारा | ५१.६४ | ५२.७७ |
अनलाइन | ५०.८० | ४९.८१ |
दिपशिखा | ५०.१६ | ४५.८२ |
एबीसी | ३४.५८ | ५३.५९ |
अग्रवाल | ४३.७१ | ३०.०२ |
प्रतिक्रिया 4