+
+

लगातार फिल्म फ्लप भएपछि अक्षय कुमार : ‘अबदेखि कन्टेन्टमा सजग हुन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १७:१३

काठमाडौं । कुनै समय बक्स अफिसमा अक्षय कुमारको दबदबा थियो । एक वर्षमा तीन-चार फिल्म गर्थे । ती सबै फिल्म हिट हुन्थे । पछिल्ला चार-पाँच वर्षमा उनका फिल्म लगातार फ्लप छन् ।

ठूलो बजेटका फिल्म पनि नराम्रोसँग असफल रहे । पछिल्लो फिल्म ‘सरफिरा’ले कमाल देखाउन सकेन । यो फिल्म सूर्याको तमिल फिल्म ‘सूरराई पोत्रु’को हिन्दी रिमेक हो, जुन फिल्मबाट अभिनेताले राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।

तर १०० करोड भारुको बजेटमा बनेको यो फिल्मबाट अक्षय कुमारले १२ दिनमा ३० करोड भारु पनि कमाउन सकेनन् । यतिबेला अक्षयले यो असफलताबारे मिडियामा प्रतिक्रिया दिएका छन् ।

फोर्ब्स इण्डियालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हरेक फिल्मको पछाडि धेरै रगत, पसिना र जोश हुन्छ । कुनै पनि फिल्म असफल भएको देख्दा मन दुख्छ । तर तपाईंले सकारात्मक पक्ष हेर्न सिक्नुपर्छ । हरेक असफलताले तपाईंलाई सफलताको अर्थ सिकाउँछ र यसको लागि तपाईंको भोकलाई अझ बढाउँछ । सौभाग्यवश, मैले मेरो करिअरमा पहिले नै यसको सामना गर्न गर्न सिकें । नि:सन्देह, यसले तपाईंलाई दुख्छ र असर गर्छ, तर यसले फिल्मको भाग्य परिवर्तन गर्दैन ।’

अक्षयले थप भने, ‘यो कुरा अब तपाईंको नियन्त्रणमा छैन । तपाईंको नियन्त्रणमा भएको एक मात्र चीज हो कडा परिश्रम । आफूलाई अझ सुधार गर्नुहोस् र अर्को फिल्ममा आफूलाई समर्पित गर्नुहोस् । आफ्नो सबै कुरा दिनुस् । यसरी मैले आफ्नो ऊर्जा लगानी गर्छु र अर्को फिल्ममा लाग्ने गर्छु । मैले मेरो ऊर्जालाई सही ठाउँमा राखें, जहाँ यसले धेरै अर्थ राख्छ ।’

अक्षयले सफलताको श्रेय अनुशासन र कामप्रतिको समर्पणलाई दिने गरेका छन् । उनी एक समय टेबुललाई पछ्याउँछन् । मानसिक र शारीरिक रूपमा फिट हुनुपर्नेमा जोड दिन्छन् । कोभिड महामारीपछि आएको परिवर्तनबारे अभिनेताले भने, ‘यो महामारीले फिल्म उद्योगको गतिलाई नै परिवर्तन गरेको छ । अब दर्शकले सबै फिल्म हेर्दैनन् ।’

उनी फिल्मलाई लिएर बढी ‘चुजी’ भएका छन् । सिनेमामा बढी छनोट भएका छन् । ‘अहिले साँच्चिकै मनोरञ्जनात्मक फिल्मलाई छनोट गर्न जरुरी भएको छ, जुन भिन्न होस् । म कन्टेन्टमा बढी सजग भएको छु,’ अक्षय भन्छन्, ‘अब मैले यो फिल्म गरेमा दर्शक हलमा आउने कि नआउने भन्ने कुरा जान्न मन छ । यस्तो फिल्मले दर्शकलाई मनोरञ्जन मात्र दिनुहुँदैन । दर्शकसँग गहिरो सम्बन्ध पनि राख्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?