+
+

त्रिभुवन विमानस्थलमा १८ जनाको ज्यान लिएको भयानक दुर्घटना (तस्वीरहरु )

विकास/चन्द्र/आर्यन विकास/चन्द्र/आर्यन
२०८१ साउन ९ गते २०:००

९ साउन, काठमाडौं । बुधबार बिहान सौर्य एयरको सीआरजे ७०० ९ एन-एएमई जहाज मर्मतपछि गरिने पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाँदै थियो ।

तर त्रिभुवन विमानस्थलबाट उडेको २० सेकेण्डपछि बिहान ११ बजेर ११ मिनेटमा जहाज ढलपल–ढलपल गर्न थाल्यो । हेर्दाहेर्दै दाहिनेतर्फ मोडियो र भुइँमा बजारिन पुग्यो ।

दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकामा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिषरत्न शाक्य घाइते छन् ।

जहाजबाट पहिले धुवाँ आएको र त्यसपछि आगो लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जहाज आगलागी हुँदा पड्किएको ठूलो आवाज पनि आएको थियो । जहाज खसेको ठाउँ अप्ठेरो हुनाले दमकल पुगेर आगो निभाउन ढिला भएको थियो । जहाजको सबैजसो भाग जलेर काम नलाग्ने भएको छ ।

बुधबार काठमाडौं उपत्यकाको मौसम सफा थियो । अन्य कुनै पनि वाह्य कारणले जहाजमा अवरोध आएको देखिएको छैन । त्यसैले जहाज के कारण दुर्घटना भयो भन्ने खुलेको छैन ।

अहिले त्रिभुवन विमानस्थल छेउछाउ निर्माण कार्यहरु भइरहेका छन् । जहाज बजारिएको स्थल वरपर निर्माण सामग्रीहरू देखिन्छन् । जहाजलाई ती निर्माण सामग्रीले उछिट्टिनबाट रोकेको पाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

 

तस्वीर : कमल प्रसाईं
तस्वीर : कमल प्रसाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?