+
+

एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखियो : मन्त्री भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १८:१६

९ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणमा कमजोरी भएको बताएकी छन् ।

बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्दा परीक्षण तथा अंक चढाउने गर्दा समस्या हुने गरेको सुनाइन् ।

उनले भनिन्, ‘पुनर्योग नतिजा आउन थालेपछि बोर्डसँग हामीले छलफल गर्दा चेकिङमा पनि इरर, नम्बर पोस्टिङ गर्दा अथवा इन्ट्री गर्दा पनि इरर देखियो ।’

मन्त्री भट्टराईले अब पुरक परीक्षापछि बोर्डको लापरबाहीबारे अध्ययन गरिने जानकारी गराइन् । उनले भनिन्, ‘अध्ययनको क्रममा आउने निष्कर्षको आधारमा गर्नुपर्ने काम गर्छौं । परीक्षा बोर्डलाई नै पुनर्संरचना गर्नुपर्ने हो वा के हो, के कारणले कमजोरी भयो भन्ने बारेमा पुनरावलोकन हुन्छ ।’

भट्टराईले पुरक परीक्षालाई त्रुटिरहित बनाउने प्रयास भइरहेको पनि समितिमा बताएकी छन् ।

अहिलेसम्म पुनर्योगका लागि १८ हजार ६१२ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ११ हजार ३२१ जनाको नतिजा पुनः हेर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको जानकारी पाएको मन्त्री भट्टराईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?