+
+

लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १९:४६

९ साउन, काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्री छनोट गर्दा प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको भन्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले असन्तुष्टि जनाएका छन् ।

पार्टीबाट पठाउने व्यक्तिहरु छनोट गर्दा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पुनले विज्ञप्ति निकालेर असन्तुष्टि जनाएका छन् । संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान विपरीत मन्त्रीहरु बनाएको पुनले जनाएका छन् ।

आम कार्यकर्ताको भावना विपरीत मन्त्रीहरु छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको वृहत भेला गरी यथोचित निर्णयमा पुगिने चेतावनी दिएका छन् ।

गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।

न्यौपाने संस्थापनइतरका हुन् । मन्त्री बनेका अन्य संस्थापन समूहका हुन् । प्रदेश सभापति पुन संस्थापनइतरका नेता डा.शेखर कोइराला निकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?