+
+

सीटीईभीटीबारे बृहत छलफल गरेर निर्णय गरौं : मन्त्री भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते २०:०८

९ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सीटीईभीटीको विषयमा बृहत छलफल गरेर मात्रै निर्णय गर्ने बताएकी छन् ।

प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम परिषद् (सीटीईभीटी)ले प्रक्रिया पुगेका शिक्षण संस्थाहरूलाई सम्बन्धन दिन स्वीकृति माग्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पठाएको पत्रमाथि बुधबार छलफल भएको हो ।

छलफलकका क्रममा मन्त्री भट्टराईले पेचिलो विषय भएकोले सबै समस्या बुझेर मात्रै निर्णय गर्ने बताइन् । उनले भनिन् ‘सीटीईभीटी, चिकित्सा शिक्षा आयोग, मन्त्रालय र समिति बसेर छलफल गरौं र त्यो छलफलले निकालेको निष्कर्षलाई मन्त्रालयले कसरी ग्रहण गरेर जाने यहाँहरूको निर्देशन बमोजिम हामी अगाडि बढ्ने छौं ।’

मन्त्री भट्टराईले सीटीईभीटीमा धेरै विषय रहेकाले त्यसको अध्ययन गर्न समितिलाई अनुरोध गरेकी छन् । संघीयताको सन्दर्भमा कसरी पुनर्संरचना गर्नुपर्छ भन्ने बारेमा पनि संसदीय समितिले निष्कर्ष दिन र त्यस अनुसार मन्त्रालयले काम गर्ने बताइन् ।

समितिका सभापति अम्मरबहादुर थापाले प्राविधिक शिक्षा विस्तार गर्न प्रक्रिया पुगेकालाई सञ्चालन अनुमति दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?