+
+

धोबीखोलाको पुल चर्किएपछि आवागमन बन्द (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ साउन ९ गते २०:१८

९ साउन, काठमाडौं । काठमाडौंको धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्द गरिएको छ ।

महानगर प्रहरीका अनुसार पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।

निरन्तरको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले १० नम्बर वडा र ११ नम्बर वडा जोड्ने पुल चर्किएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

चर्किएको पुल मर्मत नभएसम्म आवागमन रोकिने अर्यालले बताए ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?