+
+

अमेरिकी डलरको भाउमा दिनदिनै नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते ८:२७

१० साउन, काठमाडौं । अमेरिकी डलरको भाउ केही दिनयता नयाँ रेकर्ड बनाउँदै बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा तथा खरिददर मूल्य १३३ रुपैयाँ ६१ पैसा तोकेको छ । यो अघिल्लो दिनको तुलनामा ५ पैसा बढी हो भने अहिलेसम्मकै उच्च हो ।

त्यस्तै साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६३ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६५ पैसा तोकिएको छ । रियाल एक पैसा बढेको हो ।

मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ७३ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ६१ पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५५ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ३९ पैसा छ ।

एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ ४१ पैसा छ भने अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ६३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?