+
+

‘अमर सिंह चमकिला’ बन्यो यस वर्ष ओटीटीमा धेरै हेरिने भारतीय फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते ११:४७

काठमाडौं । अरम्याक्स मिडियाले पछिल्लो ६ महिनामा ओटीटी प्लाटफर्ममा धेरै हेरिएका भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । सूचीको शीर्षस्थानमा इम्तियाज अली निर्देशित ‘अमर सिंह चमकिला’ छ ।

यो फिल्मलाई अहिलेसम्म १.२९ करोड पटक हेरिएको छ । दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपुर र विजय बर्मा स्टारर फिल्म ‘मर्डर मुबारक’ छ, जसलाई १.२२ करोड पटक हेरिएको जनाइएको छ ।

तेस्रो स्थानमा साराकै अर्को फिल्म ‘ए वतन मेरे वतन है’ छ, जसलाई १.१५ करोड भ्युज प्राप्त भएको छ । गत वर्षको तुलनामा यो अवधिमा ओटीटीमा फिल्म हेर्नेको संख्या घटेको देखिन्छ । सन् २०२३ को मध्यसम्म शाहिद कपुर स्टारर ‘ब्लडी ड्याडी’लाई १.६६ करोड पटक हेरिएको थियो ।

चौथो स्थानमा आमिर खानका छोरा जुनैदको फिल्म ‘महाराज’ छ, जसले १.०६ करोड भ्युज पाएको छ । पाँचौं स्थानमा रहेको अभिनेत्री रविना टण्डनको ‘पटना शुक्ला’ले ९८ लाख भ्युज प्राप्त गरेको छ ।

केही वर्षयता अरम्याक्सले भारतभर ओटीटी प्लाटफर्ममा धेरै हेरिने फिल्मको सूची सार्वजनिक गर्दै आएको छ । यदि कुनै दर्शकले ३० भन्दा बढी समय कुनै फिल्म हेर्छ भने उक्त प्रवृत्तिको आधारमा यो सूची सार्वजनिक गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?