+

शरीरमा देखिने गिर्खा सार्कोमा क्यान्सर पनि हुनसक्छ

२०८१ साउन  १० गते १२:०७ २०८१ साउन १० गते १२:०७
शरीरमा देखिने गिर्खा सार्कोमा क्यान्सर पनि हुनसक्छ

शरीरको कुनै भागमा छाम्दा मासुको डल्ला वा गिर्खा जस्तो देखियो भने गाउँघरतिर धनको पोकोको संज्ञा दिइन्छ । कतिपयले यस्ता गिर्खालाई बोसोको डल्ला वा व्यायामले बढेको मांसपेशी भनी वास्ता नगरेको पनि हुनसक्छ । यस्ता शंकास्पद डल्ला वा गिर्खा आए चुप लागेर बस्न हुँदैन ।

किनकि कतिपय यस्ता मासुको डल्ला धनको पोको वा सामान्य नभई सार्कोमा जस्ता क्यान्सर पनि हुनसक्छ ।

सार्कोमा क्यान्सर के हो ?

सार्कोमा एक प्रकारको क्यान्सर हो, जुन हड्डी, जोर्नी, मांसपेशी हुनसक्छ । हड्डीमा हुने नरम कोषिकामा यो क्यान्सरको कोष तीव्र रुपमा विकास हुन्छ । सुरुमा यो क्यान्सर ‘कनेक्टिभ टिस्यु’ (दुई अंग जोड्ने तन्तु)मा विकसित हुन्छ । त्यसपछि बिस्तारै बिस्तारै अन्य क्षेत्र फैलिन थाल्छ । यो क्यान्सरपछि गएर फोक्सोमा फैलिन्छ ।

यो क्यान्सर दुर्लभ तर निकै घातक मानिन्छ । किनकि यो क्यान्सरको ७० भन्दा बढी प्रकार छ । जसमध्ये  नरम तन्तु ‘सफ्ट टिस्यु सार्कोमा’ र (हड्डीमा हुने ‘अस्टियो सार्कोमा’ गरी दुईवटा प्रकार मुख्य मानिन्छ ।

शरीरको कुन भागमा सार्कोमा क्यान्सर हुने सम्भावना उच्च हुन्छ ?

यो क्यान्सर टाउकोदेखि खुट्टासम्म जुनसुकै भागमा हुनसक्छ ।

– खुट्टा, कुर्कुच्चा र खुट्टामा हुने सम्भावना ४० प्रतिशत रहन्छ ।

– छातीको भित्ता, पेटमा हुने सम्भावना ३० प्रतिशत रहन्छ ।

– पाखुरा, नाडी, हात र कुममा १५ प्रतिशत हुने सम्भावना रहन्छ ।

– टाउको र घाँटीमा १५ प्रतिशत सार्कोमा हुने सम्भावना रहन्छ ।

कारण

सार्कोमाको ठोस कारण कुनै पनि अध्ययन तथा अनुसन्धानले पत्ता लगाइसकेको छैन । तर यसको विकास गराउन सक्ने केही कारक छन् ।

न्युरोफिब्रोमाटोसिस, गार्डनर सिन्ड्रोम र ली–फ्राउमेनी सिन्ड्रोम जस्ता वंशाणुगत रोग,  विगतमा विकिरण चिकित्साबाट उपचार भएमा, धुवाँधुलोमा काम गर्ने, धुम्रपान गर्नेहरूमा सो क्यान्सरको जोखिम रहन सक्छ ।

लक्षण

यो क्यान्सरमा देखिने लक्षण भिन्न किसिमको हुन्छ । केही बिरामीमा सुरुवातमा कुनै लक्षण देखिंदैन वा हल्का लक्षण देखिन्छ । सार्कोमा क्यान्सर हुँदा छालामुनि गाँठो जस्तो देखिन्छ । सो गाँठो दुख्ने र नदुख्ने दुवै खालको हुनसक्छ ।

सुरुवातमा यसलाई सामान्य सोचेर वेवास्ता गर्दा पछि गम्भीर हुनसक्छ ।

अन्य लक्षण

नरम तन्तुमा गाँठो देखिनु, हात र खुट्टाको औंलामा दुखाइ, राता घाउ तथा खटिरा देखिनु, तौल कम हुँदै जानु, कम्मरमा दुखाइ, पेटमा अत्यधिक दुखाइ, सामान्य चोट लाग्दा पनि हड्डी भाँचिनु, ज्वरो आउनु, हात र खुट्टा चलाउनमा समस्या हुने जस्ता लक्षण देखिन्छन् ।

परीक्षण

पहिला गिर्खाको आकार, प्रकृति, पलाएको भाग विस्तृतमा परीक्षण गरिन्छ । त्यसका लागि एक्स-रे, भिडियो एक्स-रे, सिटिस्क्यान र एमआरआई गरिन्छ ।

शंकास्पद देखिए मासुको जाँच गर्न बायोप्सी गर्नुपर्ने हुन्छ ।

सार्कोमा पुष्टि भए के गर्न सकिन्छ ?

परीक्षणको दौरान सार्कोमा भएको पुष्टि भएपछि अन्य भागमा फैलिए  छ कि छैन भनेर अवलोकन गरिन्छ । यदि क्यान्सर सुरुकै अवस्थामा छ भने क्यान्सर भएको भागको शल्यक्रिया गरिन्छ । त्यसपछि रेडियो थेरापी, किमोथेरापी आवश्यकताअनुसार गरिन्छ ।

तर क्यान्सर अन्य अंगमा समेत फैलिएको अवस्थामा पहिला किमोथेरापी गरेर रोग घटेपछि बल्ल शल्यक्रिया गर्ने कि नगर्ने भनेर निचोड निकालिन्छ । कहिलेकाहीं दुखाइ एकदम हुन्छ । त्यस्तो अवस्थामा डायलेटिक रेडियो थेरापी आवश्यक हुन्छ ।

फोक्सो, हड्डी र कलेजोतर्फ फैलिएको छ भने रोकथाम गरेर मात्र राख्नु बाहेक कुनै विकल्प हुँदैन ।

जटिलता

यदि यो क्यान्सरको बेलैमा उपचार नभए शरीरको अन्य भागमा फैलिने डर हुन्छ । अन्य भागमा फैलिएपछि उपचार गराउने अवस्था हुँदैन । त्यसैले यस्तो शंकास्पद छाला वा हड्डीमा मासुको डल्ला देखिए तुरुन्त परीक्षण गराइहाल्नुपर्छ ।

डा. अरुण शाही सार्कोमा क्यान्सर
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?