+

वुमन एसिया कप खेलेर फर्कियो नेपाली टोली

२०८१ साउन  १० गते १३:३५ २०८१ साउन १० गते १३:३५
वुमन एसिया कप खेलेर फर्कियो नेपाली टोली

६ साउन, काठमाडौं । वुमन एसिया कप क्रिकेट खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ ।

श्रीलंकामा भएको प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल फर्किएको हो । प्रतियोगिताको समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।

युएईलाई ६ विकेटले जितेको नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भएको थियो ।

नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान तथा समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

क्रिकेट नेपाली महिला क्रिकेट पाकिस्तान
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय