+
+

‘पूर्णबहादुरको सारंगी’बाट फिल्ममा मोडल अलिशाको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १४:०६

काठमाडौं । विजय बराल, प्रकाश सपुतजस्ता कलाकार समावेश फिल्म ‘पूर्णबहादुरको सारंगी’मा कलाकारको लाइनअप विस्तार हुने क्रम जारी छ । फिल्मको दोस्रो चरणको छायांकन भक्तपुरको दुवाकोटमा सुरु भएको छ ।

यसअघि ओखलढुंगाको रुम्जाटारमा ३६ दिनसम्म सुटिङ चलेको थियो । छायांकनको दोस्रो चरण सुरु भएसँगै यसको कास्टिङलाई लिएर नयाँ खबर छ । दर्जनौं म्युजिक भिडियोकी मोडल अलिशा बास्तोला फिल्ममा जोडिएकी छन् ।

यो फिल्म अलिशाको डेब्यु समेत हुनेछ । यो फिल्ममा मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारको पनि अभिनय छ ।

जान्भी पौडेल र स्वायम् केसीको बालकलाकारको रुपमा देखिनेछन् । दोस्रो सेड्यूलको छायांकन विहिबारदेखि सुरु गरिएको जानकारी दिँदै निर्माता विनोद पौडेलले अलिशालाई अनुबन्धित गरिएको जनाए । फिल्ममा उनको विशेष भूमिका हुने जनाइएको छ ।

यो फिल्मलाई विदेशमा नेपाली फिल्मको वितरण गर्दै आएको कम्पनी सेभेन सिजका लागि विनोेद र प्याट्रिक सुवेदीले निर्माण गरिरहेका छन् ।

सोसल-ड्रामा जनरामा बनिरहेको फिल्मले गन्धर्व परिवारको कथा भन्नेछ । निर्देशकको रुपमा सरोज पौडेल छन् । कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ ।

फिल्ममा ‘भ्वाइस अफ नेपाल ४’का फाइनलिस्ट प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहनेछ । फिल्मको प्रदर्शन २०८२ सालमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?