+

पेरिस ओलम्पिक : श्यान्टुले प्रारम्भिक चरणमा सेनेगलका खेलाडीसँग खेल्ने

२०८१ साउन  १० गते १४:५९ २०८१ साउन १० गते १४:५९
पेरिस ओलम्पिक : श्यान्टुले प्रारम्भिक चरणमा सेनेगलका खेलाडीसँग खेल्ने

१० साउन, काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमा सेनेगलका खेलाडीसँग खेल्ने भएका छन् ।

टेबलटेनिसको पुरुष सिंगल्समा श्यान्टुले सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ ।

पुरुष सिंगल्समा कूल ६७ खेलाडीको सहभागिता छ । जसमा वरीयतामा पछि रहेका खेलाडीहरुबीच प्रारम्भिक चरणमा खेल हुनेछ ।

प्रारम्भिक चरणमा कूल ३ खेल हुनेछ । यस चरणका विजेता खेलाडीहरु राउण्ड अफ ६४ मा प्रवेश गर्नेछन् ।

६७ खेलाडी मध्येश्यान्टु अन्तिम अर्थात ६७औं वरीयतामा छन् । श्यान्टु नेपाली टेबलटेनिस इतिहासमा ओलम्पिक खेल्ने पहिलो खेलाडी बन्दैछन् ।

यस्तै श्यान्टु दक्षिण एसियाली छनोट चरण पार गर्दै ओलम्पिकमा छनोट भएका हुन् । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने श्यान्टु तेस्रो नेपाली खेलाडी हुन् । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

श्यान्टुका प्रशिक्षक राजेन्द्र कपालीले श्यान्टुको लागि खेलतालिका औषत रहेको बताए । उनले खेलतालिका केही कठिन भएपनि राम्रो खेले जित्न सकिने बताए ।

पेरिस ओलम्पिकमा टेबलटेनिस खेल जुलाई २७ देखि सुरु हुँदैछ । पुरुष सिंऊल्सतर्फको खेल जुलाई २७ देखि अगष्ट ४ सम्म सञ्चालन हुनेछ । टेबलटेनिस खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा हुनेछ ।

श्यान्टु श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय