+
+

गुल्मीका ६० हजार घरधुरीमा विद्युतीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १६:३३

१० साउन, गुल्मी । गुल्मी जिल्लाका ६० हजार घरधुरीमा बिजुली पुगेको छ ।

जिल्लाको मुसिकोट नगरपालिकाको वडा नं १, २, ८ र ९ तथा मालिका गाउँपालिकाको वडा नं १, २ र ३ बाहेकका क्षेत्रमा विद्युतीकरण भइसकेको छ ।

पछिल्लो एक वर्षमा ११ सय घरधुरी ग्राहक थपिएका नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ ।

जिल्लामा नेपाल विद्युत प्राधिकरणबाट ३४ हजार र सामुदायिक विद्युतीकरण मार्फत २६ हजार घरधुरीले विद्युत सेवा लिदै आएका नेपाल विद्युत प्राधिकरण गुल्मीका वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले जानकारी दिए ।

प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत महसुलबापत १४ करोड ८५ लाख ५० हजार रुपैयाँ संकलन गरेको छ । काठको पोललाई विस्थापित गर्ने काम पनि तीव्र रुपमा अगाडि प्राधिकरणको भनाइ छ ।

जिल्लामा रुरु हाइड्रोपावर र रिडी हाइट्रोपावरबाट ७ मेगावाट बिजुली उत्पादन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?