+
+

‘बिग बोस १८’ लाई पनि सलमानले होस्ट गर्ने, नोभेम्बरदेखि प्रसारण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १७:०४

काठमाडौं । अहिले दर्शक ‘बिग बोस ओटीटी ३’ को मजा लिइरहेका छन् । अरमान मलिक, कृतिका, शिवानी कुमारी, लभ कटारियादेखि विशाल र नेजीका प्रतिस्पर्धीले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राखेका छैनन् ।

‘बिग बोस ओटीटी ३’ ले चाँडै नै विजेता पाउने छ । यसैबीच ‘बिग बोस १८’ को बारेमा पनि चर्चा सुरु भएको छ । यस कार्यक्रमको पहिलो सहभागीका रुपमा चर्चित टिभी स्टारको नाम बाहिर आएको छ ।

सलमान खानको नाम पनि बिग बोससँग जोडिने भइहाल्यो । किनभने उनले लगातार शो होस्ट गर्दै आइरहेका छन् । दर्शक पनि उनलाई हेर्न चाहन्छन् ।

अहिले नयाँ सिजन ‘बिग बोस १८’ को चर्चाले तीव्रता पाएको बेला होस्टका रुपमा उनको नाम आइरहेको छ । यसअघि बिग बोसको आगामी सिजन उनले होस्ट नगर्ने भनिएको थियो । यतिबेला सलमान पनि देखिने कुरा छ ।

अक्टोबरमा सुरु हुने ‘बिग बोस १८’ को पहिलो सहभागीको नाम पनि सार्वजनिक भएको छ । अहिले यसको तयारी तीव्र रुपमा भइरहेको छ । पहिलो सहभागीको नाम पनि सार्वजनिक भएको छ । यसअघि बिग बोसको विजेता बनेकी दीपिका कक्कडका पति शोएब इब्राहिम पहिलो सहभागी बनेका छन् ।

कक्कडले ‘बिग बोस १२’ जितेकी थिइन् । शोएब पछिल्लो पटक ‘झलक दिखला जा ११’ मा देखिएका थिए । यस कार्यक्रमका लागि धेरै लोकप्रिय सेलिब्रेटीलाई सम्पर्क गरिएको छ, तर तिनीहरूमध्ये धेरै अझै पुष्टि भएका छैनन् । ‘बिग बोस १८’ ५ अक्टोबर २०२४ देखि प्रिमियर हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?