+
+

धनगढीमा अस्पतालका लागि बनाएको भवनमा चर्च राखेको विवादमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १९:१२

१० साउन, धनगढी । धनगढीमा अस्पताल सञ्चालन गर्न निर्माण गरिएको संरचनामा चर्च सञ्चालन गरेको घटना अनुसन्धानका क्रममा तीन जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७ को मनहेरामा छाला रोगसम्बन्धी अस्पताल सञ्चालन गर्न भनी बनाइएको भवनमा चर्च सञ्चालन गरेपछि स्थानीयले विरोध जनाएका थिए ।

विवाद चर्किएपछि प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि सोलुखुम्बुका ३४ वर्षीय पेमदोर्जे राई, स्याङ्जाका २४ वर्षीय पुकार विक र कैलाली धनगढीका ४७ वर्षीय वीरबहादुर डगौरालाई पक्राउ गरेको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टका अनुसार उनीहरुविरुद्ध कसैले जाहेरी दिएका छैनन् । त्यसैले सुरुमा अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला अदालत कैलालीमाट अनुमति लिइएको विष्टले बताए ।

लेट मेइन धनगढी प्रालि नामक संस्थाले स्थानीय प्रभाकर भण्डारीसँग साढे चार कठ्ठा जग्गा भाडामा लिएर अस्पताल सञ्चालन गर्ने भन्दै भवन बनाएको थियो ।

त्यसपछि उक्त भवन नेपाल लाइफ वर्ड मिसन नामक संस्थाले लेट मेइन धनगढीलाई मासिक १५ हजार रुपैयाँ भाडा दिने गरी लिएर चर्च सञ्चालन गरेको थियो ।

जग्गाधनी भण्डारीलाई वार्षिक तीन लाख रुपैयाँ भाडा दिनेगरी लिएको जग्गामा बनाएको भवनमा अस्पताल सञ्चालन नगरी चर्च सञ्चालन गरेको पाइएपछि स्थानीयले विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?