+
+

बाँकेमा गुप्तचरमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १९:२२

१० साउन, काठमाडौं। बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका सूचकमाथि आक्रमण भएको छ ।

सूचक अजुर्न खड्कामाथि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालिक क्यासिनो एसएन ब्लु गेमिङका कर्मचारीले आक्रमण गरेको आरोप लागेको छ ।

आक्रमणमा संलग्न भएको आरोपमा क्यासिनोका महाप्रबन्धक अर्जुन खनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डीएसपी नारायण डाँगीले बताए ।

खनाल कुटपिटमा संलग्न नभएको भएता पनि उनकै समूहले कुटपिट गरेको पाइएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । स्रोत नखुलेको रकम रहेको भन्ने जानकारी पाएपछि बरामद गर्न खोज्दा आफूमाथि आक्रमण भएको सूचक खड्काले बताएका छन् ।

स्रोत नखुलेको रकम रहेको भन्ने जानकारी पाएमा प्रहरीलाई खबर गर्नुपर्नेमा नगरी आफैं बरामद गर्न खोज्नुले घटनामा आशंका बढाएको प्रहरीले जनाएको छ ।

सूचक खड्काले रकम बरामद गरेपछि क्यासिनोका मान्छेले रड तथा बोतलले प्रहार गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?