+
+

सुदूरपश्चिमका मुख्यमन्त्रीले ७ वटामा झारे मन्त्रालय संख्या

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १९:३२

१० साउन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय टुक्र्याउने आफ्नो मन्त्रिपरिषदको पुरानो निर्णय सच्याएका छन् ।

१६ असारमा ७ वटा मन्त्रालयलाई फुटाएर १० बनाएका उनले फेरि ७ वटै कायम गरेका हुन् । सोडारीले पुरानै मन्त्रालय कायम राखेर मन्त्रीहरूको  कार्यविभाजन गरेका छन् ।

उनले माओवादी केन्द्रका अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालय,  लक्ष्मी बिकलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र एकीकृत समाजवादीकी माया पन्तलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी कार्यविभाजन हेरफेर गरेका छन् ।

यसअघि मुख्यमन्त्री सोडारीले एमाले समेतलाई भागबण्डा पुर्‍याउन मन्त्रालय फुटाएर १० वटा कायम गरेका थिए ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि २० असारमा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएको थियो ।

एमाले बाहिरिएपछि अल्पमतमा परेका सोडारीले चालू वर्ष २०८१/८२ को बजेट पारित गराउन सकेनन् भने प्रदेश सभाको अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेका थिए ।

कांग्रेस र एमालेका एक चौथाई बढी प्रदेश सभा सदस्यको मागका आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि अध्यादेशमार्फत बजेट ल्याउने योजना असफल भएको थियो ।

सुदूरपश्चिम अहिले बजेट विहीनताको अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?