+
+

पत्रकार किशोर श्रेष्ठलाई धम्की दिने युवक ५ दिन हिरासतमा रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते १९:४०

१० साउन, काठमाडौं। जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई धम्की दिएको आरोपमा पक्राउ परेका कपिल सीविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल समाजवादीका सचिव कपिल सी छन् ।

उनलाई बुधबार पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनलाई परिसरको टोलीले बुधबार बिजुलीबजारबाट पक्राउ गरेको थियो । उनीविरुद्ध ५ दिनको म्याद थप भएको छ ।

सीले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका थिए । गालीगलौज गर्दै भौतिक आक्रमणसम्मको धम्की दिएपछि श्रेष्ठले प्रहरीलाई जानकारी गराएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जनआस्थामै काम गर्ने एक महिला पत्रकारको चरित्र हत्या गरेको आरोप लगाउँदै फोनमार्फत सीले धम्की दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?