+
+

मधेश लोक सेवा आयोग अध्यक्षमा शिवराम यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते ६:४४
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग शिवराम यादव (दायाँ) ।

११ साउन, जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुने भएका छन् । मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् ।

मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । उनले सिंघानिया युनिभर्सिटी भारतबाट पीएचडी गरेका छन् । उनी सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन काठमाडौंमा कार्यरत थिए । उनमा संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरेको अनुभव पनि छ ।

गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोक सेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो । तीन सदस्य पदाधिकारी हुने प्रदेश लोकसेवा आयोगमा अन्य एक सदस्य पद अझै रिक्त छ ।

मधेश लोक सेवा आयोग पदाधिकारीविहीन हुँदा कर्मचारी नियुक्ति सिफारिस, नतिजा प्रकाशन लगायतका काम पाँच महिनादेखि ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?