+
+

गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते ७:२७

११ साउन, गुल्मी । गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी ३१ वर्षका बोमबहादुर कार्की मृत फेला परेका हुन् ।

उनी निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।

उनी मुसिकोट नगरपालिका वडानम्बर–१ अरेवा घर भई हाल वडा नम्बर–२ निस्तीस्थित मामाघरमा बस्दै आएका थिए । ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र बाहक कार्की इस्मा गाउँपालिका–१ स्थित खेतबाट फर्किने क्रममा खोला तर्दा बगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?