+
+

‘क्रिएटर्स मेला २०२४’ आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते ८:१३

काठमाडौं । अमेरिकी दुतावासको आयोजनामा शुक्रबारदेखि राजधानीमा ‘क्रिएटर्स मेला २०२४’ आयोजना हुँदैछ । ठमेलस्थित एलफ्ट होटलमा शनिबारसम्म मेला चल्नेछ ।

नेपाली डिजिटल क्रिएटर र इन्फ्लुएन्सरको क्षमता र सीपको विकास गर्दै अनलाइनमा उनीहरुको उपस्थितीलाई अझै प्रभावकारी तुल्याउन र व्यवसाय बढाउन यो डिजिटल सम्मेलनले भूमिका खेल्ने आशा दुतावासले लिएको छ ।

यसवर्षको मेलाको थिम ‘बिल्ड, ब्राण्ड, बुस्ट’ राखिएको छ ।

गतवर्ष १५०० भन्दा बढी कन्टेन्ट क्रिएटरले मेलामा भाग लिएका थिए । त्यतिबेला उनीहरुले ब्राण्ड निर्माण, वित्तिय साक्षरता र कन्टेन्ट सिर्जनाजस्ता १७ भन्दा बढी अन्तक्रियात्मक र संगीत प्रेरित कार्यक्रमबाट उदयीमान सिर्जनाकर्ताको रुपमा आफ्नो अनुभव बाँडे र आफ्नो सीपलाई तिखार्ने मौका पाए ।

यसवर्ष १९ भन्दा बढी अन्तरक्रिया र कार्यशालासहित मेला अझै भव्य हुने जनाइएको छ । यसपटक ब्राण्डको निर्माण, मोनिटाइजेसन, मानसिक स्वास्थ्यजस्ता सत्रमा प्रस्तुति हुनेछ । वक्ताले यी विषयमा छलफल गर्नेछन् ।

सामाजिक संजालमा आधारित मिडिया नियमनबारे सांसदले समेत छलफल गर्नेछन् । सहभागि हुन इच्छुकले नाम दर्ता गरेर निःशुल्करुपमा प्रवेश पाउनेछन् । यसपटकको संस्करणमा गतवर्षभन्दा सहभागिको संख्या बढ्ने आशा दुतावासले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?