+
+

उच्च मूल्यबाट घट्यो अमेरिकी डलर, यस्तो छ रियाल, रिंगिट, दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते ८:३०

११ साउन, काठमाडौं । उच्च मूल्यबाट अमेरिकी डलरको भाउ केही घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ २२ पैसा तोकेको छ । यसअघि बिहीबार हालसम्मकै उच्च १३४ रुपैयाँ २६ पैसा थियो । त्यस्तै एक अमेरिकी डलरको खरिददर मूल्य १३३ रुपैयाँ ६२ पैसा छ ।

साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७८ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६२ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८१ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ७८ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ६६ पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ३८ पैसा छ ।

एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ १ पैसा छ भने अस्ट्रेलियन डलरको ८७ रुपैयाँ ५४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?