+
+

बटेश्वरमा यू–१८ क्रिकेट प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते ८:४४
प्रतियोगिताको विहीबार माओवादी केन्द्रका स्थानीय नेता देवसागर दासले उदघाटन गरे ।

११ साउन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका ४ मा १८ वर्षमुनिको (यू–१८) क्रिकेट प्रतियोगिता सुरु भएको छ । बटेश्वर युथ क्लबको आयोजनामा शिवशक्ति माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको विहीबार माओवादी केन्द्रका स्थानीय नेता देवसागर दासले उदघाटन गरे ।

युथ क्लवका अध्यक्ष सन्दीपकुमार कामतको अध्यक्षमा भएको प्रतियोगिताको उदघाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नम्बर ३ का अध्यक्ष राममणि कुशवाहा, लवकुश खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामआशिष महतो, लगायतको सहभागिता थियो ।

उदघाटन खेल आयोजक युथ क्लब बटेश्वर र क्षिरेश्वरनाथ नगरपालिकाको दुर्गा टोल टीमबीच भएको थियो । पहिलो खेलमा आयोजक बटेश्वर विजयी भएको छ ।

प्रतियोगितमा १२ वटा टिमले भाग लिएको आयोजकले जनाएको छ । खेलको प्रथम पुरस्कार १२ हजार रुपैयाँ र सिल्ड छ । यसैगरी दोस्रो पुरस्कार ७ हजारसहित सिल्ड र तेस्रो ३ हजार रहेको छ ।

प्रत्येक छक्कामा सनसाइन बोर्डिङ स्कुल कार्तिकुमारका प्रिन्सिपल श्रवण महतोले दुईसय रुपैयाँ र ट्रफी दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?