+

पेरिस ओलम्पिक : महिला फुटबलमा स्पेन, अमेरिका र ब्राजिल विजयी

२०८१ साउन  ११ गते ८:५१ २०८१ साउन ११ गते ८:५१
पेरिस ओलम्पिक : महिला फुटबलमा स्पेन, अमेरिका र ब्राजिल विजयी

११ साउन, काठमाडौं । विश्व विजेता स्पेनसहित ब्राजिल र अमेरिकाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा विजयी सुरुआत गरेका छन् ।

समूह सी मा रहेको उपाधि दाबेदार स्पेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जापानलाई २-१ ले पराजित गरेको हो । आओबा फुजिलोले १३औं मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन् ।

तर, अइटना बोनमाटीले २२औं मिनेटमा स्पेनका लागि बराबरी गोल गरिन् । त्यसपछि मारिया काल्डेन्टेले ७४औं मिनेटमा विजयी गोल गरिन् । समूह बी कै अर्को खेलमा ब्राजिलले नाइजेरियालाई १-० ले हरायो । ब्राजिलका लागि गाबी नुनेजले ३७औं मिनेटमा गोल गरिन् ।

यस्तै समूह बी मा रहेको अमेरिकाले दश खेलाडीमा सीमित जाम्बियालाई ३–० ले हरायो । अमेरिकाको जितमा मालोरी स्वानसनले दुई तथा ट्रिनिटी रोडम्यानले एक गोल गरिन् । समूह बी कै अर्को खेलमा जर्मनीले अष्ट्रेलियालाई ३-० ले पराजित गरेको छ । जर्मनीका लागि मारिया हेगेरेरिङ, लिअ सुलर र जुल ब्रान्डले एक-एक गोल गरे ।

समूह ए मा रहेको आयोजक फ्रान्सले पनि विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले कोलम्बियालाई ३-२ ले हरायो । समूह ए कै अर्को खेलमा क्यानडाले न्युजिल्यान्डलाई २–१ ले पराजित गर्‍यो ।

ओलम्पिक फुटबल गृष्मकालीन पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय