+
+

प्रियंकाको प्रष्टीकरण : लोकदोहोरी गीतमा काम गर्दिनँ भनेर कहिल्यै भनेकी छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते ११:५६

काठमाडौं । प्रियंका कार्की पछिल्लो समय म्युजिक भिडियोमा समेत व्यस्त छिन् । उनी अभिनित तीजको गीत ‘माछी’ सार्वजनिक भएको छ ।

गीत रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यसअघि चलेको हल्लाको खण्डन प्रयास गरिन् ।आफूले लोकदोहोरी गीतमा काम गर्दिनँ भनेर कहिल्यै पनि नभनेको उनले बताइन् ।

‘मैले कसैलाई लोकदोहोरी गर्दिन भनेर भनेको छैन । किनभने संगीत भनेको संगीत हो । म त झन् यस्तो नाच्ने मान्छे । म कुनै पनि गीत-संगीतमा कहिल्यै पनि भिन्नता राख्दिनँ,’ उनले भनिन् ।

प्रियंकाले अगाडि भनिन्, ‘गीत-संगीत भनेको जुन भाषा, जुन लवज, जुन म्युजिक, जुन टाइपको भएपनि मनपर्ने मान्छे हो म । कसरी यो कुरा निस्कियो मलाई थाहा छैन ।’

‘माछी’ बोलको यो गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ । गीतको भिडियोमा प्रियंकासहित लोमश शर्मा, कविता नेपाली र अनु परियारले नृत्य गरेका छन् ।

‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको हो । लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’ गीतले पाँच महिनाको अवधिमा युट्युबमा चार करोड २७ लाख बढी भ्युज पाएको छ ।

गीतमा पुरूषोत्तम गैरेको शब्द र संगीत छ । यसलाई कविराज गहतराजले कोरियोग्राफी, नवराज उप्रेतीले छायांकन एवं मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतलाई लिएर निर्देशक लोमश आशावादी देखिए । दर्शकले ‘गोर्खे खुकुरी’ जस्तै सबैले मन पराइदिनेमा विश्वास रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?