+
+

अमिताभ बच्चनले थाले ‘केबीसी’ सिजन १६ को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १४:२१

काठमाडौं । बलिउड मेगास्टार अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’ सिजन १६ को छायांकन सुरु गरेका छन् । हालै बिग बीले आफ्नो ब्लगमा शोको सेटका केही तस्वीर सेयर गरेका छन् ।

फोटोमा उनले दर्शकलाई हात जोडेर अभिवादन गरेको देखिन्छ । पहिलो दिनको सुटिङ अनुभव सेयर गर्दै उनले ब्लगमा लेखेका छन्, ‘केबीसीको १६ औं सिजनको पहिलो दिन र परिवर्तनको डर, डर र तनाव, दर्शकको प्रतिक्रिया । यी सबैले मन छोयो । यी सबै कुराले मेरो मुटु छिटो-छिटो धड्किएको छ । निद्रा गायब भयो । अब म सुत्ने सोचमा छु, किनकि समयको लयले यस्तै भन्छ ।’

प्रतियोगीसँगको कुराकानीमा अमिताभले थप लेखेका छन्, ‘प्रतियोगी धेरै स्मार्ट छन् र उनीहरुको साँझ राम्रोसँग बित्यो भनेर सुनिश्चित गर्नु हाम्रो काम हो ।’ उनले पानी परिरहेको बेला मुम्बईको ट्राफिक जाममा आफू फसेको बारेमा पनि उल्लेख गरेका छन् । घर पुग्न झण्डै पौडी खेल्नुपरेको भन्दै उनले ठट्टा समेत गरेका छन् ।

‘कौन बनेगा करोडपति’को ढाँचालाई कायमै राखिएको छ भने शोको कन्सेप्ट, क्याम्पेन र पुरस्कार राशिमा खासै परिवर्तन गरिएको छैन ।

यो सिजनमा अमिताभले फिल्मसिटीको नयाँ सेटमा ‘केबीसी’ को सुटिङ गरिरहेका छन् । विगत ६ वर्षदेखि उनले सुटिङ गरिरहेको सेट (स्टुडियो नम्बर ७) यसै वर्ष अर्को प्रोडक्सन हाउसले बुकिङ गरेको छ । जसकारण निर्माता नयाँ सेटमा सर्नुपरेको थियो ।

नयाँ सिजनमा १०० एपिसोड छायांकन हुनेछ । यस सिजनको पहिलो एपिसोड १२ अगस्टमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?