+
+

सौर्यले भन्यो : दुर्घटनाबाट अकल्पनीय क्षति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १४:५४

११ साउन, काठमाडौं । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ ।

सौर्यले भनेको छ, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न ।’ सौर्य एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम गर्दै आएका मित्र तथा सहयोगी गुमाउँदा मर्माहत तथा भावविह्वल भएको समेत सौर्य एयरलाइन्सका अध्यक्ष दीपक कुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव रहने विश्वास समेत कम्पनीले दिलाएको छ । यस दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?