+
+

कांग्रेस खोज्न काठमाडौं जानुपर्ने भयो : मुख्यमन्त्री कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १६:०९

११ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताएका छन् ।

मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको व्यंग्य गरे ।

केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ हुनुहुन्छ । अव आफै खोज्न काठमाडौँ जानुपर्ने हो कि !’

कांग्रेसकै कारण प्रदेश सरकारलाई पूर्णता दिन नसकिरहेको उनले बताए । कँडेलले भने, ‘कांग्रेसका साथीहरू आन्तरिक छलफलमै हुनुहुन्छ । ढिलाइ किन भइरहेको छ, उहाँहरूको कुरा मलाई थाह भएन ।’

एमाले–कांग्रेसबीच सत्ता समीकरण बनेपछि माओवादी केन्द्र कणाली सरकारबाट पनि बाहिरियो । माओवादीका मन्त्रीहरूले साउन ७ गते राजीनामा दिएका थिए । कांग्रेसका नेताहरु माओवादीले सम्हालेका मन्त्रालयहरू लिएर आफूहरु सरकारमा जाने बताउने गरेका छन् ।

तर मुख्यमन्त्री कँडेलले नयाँ भागवण्डा गर्न चाहन्छन् ।

यसअघि माओवादीले लिएको अर्थ मन्त्रालय आफैंसँग राख्न चाहन्छन् । भौतिक पूर्वाधारसहित तीन मन्त्रालय कांग्रेसलाई दिएर सरकारमा सहभागी गराउन छलफल भइरहेको एमालेका एक सांसदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?