+
+

स्नातकमा पहिलो पटक डेटा साइन्स पढाउँदै काठमाडौं विश्वविद्यालय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १६:३३

११ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालयले पहिलोपटक स्नातक तह (ब्याचलर) मा डेटा साइन्स (बीडीएस्सी) पढाइ गर्न लागेको छ ।

उक्त विषयको अध्यनको लागि भर्ना फारम खोलेको विश्वविद्यालयको स्कुल अफ साइन्स अन्तर्गतको गणित विभागले जनाएको छ ।

गणित विभागले आगामी शैक्षिक सत्रदेखि नै चार वर्षे बीडीएस्सीको अध्यापन सुरु गर्ने जनाएको छ । पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भएको तीव्र विकाससँगै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न बीडीएस्सीको अध्ययन/अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।

बीडीएस्सीका विद्यार्थीले यस पाठ्यक्रमको अध्ययनमार्फत सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्ने विश्वविद्यालयका गणित विभाग प्रमुख प्रा.डा. रवीन्द्र कायस्थले बताए ।

डेटा साइन्स विद्यार्थीका लागि सूचना प्रविधिको व्यावहारिक समस्यालाई डेटाको प्रयोगबाट समाधान गर्न यो कोर्ष डिजाइन भएको उनले बताए ।

१२० क्रेडिट आवरको बीडीएस्सीमा गणित, कम्प्युटर साइन्स, तथ्यांकशास्त्र र बिजनेस इन्टेलिजेन्सको एकीकृत कोर्स रहेको उनले बताए ।

चार वर्षे कार्यक्रममा हरेक सेमिस्टरमा १५ क्रेडिट आवर र एउटा प्रोजेक्ट विकास गर्नुपर्ने छ ।

यस पाठ्यक्रम अन्तर्गत कम्प्युटिङका लागि आवश्यक पर्ने कोडिङ, ग्राफिक्स, सिस्टम, नेटवर्क र डेटाबेसबारे अध्यापन हुन्छ ।

कक्षा १२ अथवा सो सरहको परीक्षामा कम्तीमा २.० सीजीपीए वा ५० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीले बीडीएस्सीमा आवेदन दिन सक्ने जनाइएको छ ।

भर्नामा योग्य हुनको लागि प्लस टु मा फिजिक्स, केमेष्ट्रि र म्याथम्याटिक्स तथा फिजिक्स म्याथम्याटिक्स तथा कम्प्युटर साइन्स पढेको हुनुपर्नेछ ।

विश्वविद्यालयले एक शैक्षिक सत्रमा बढीमा ३० जना विद्यार्थी भर्ना गर्ने र प्रवेश परीक्षाको प्राप्तांकका आधारमा तीन जनालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । त्यसका साथै प्रत्येक सेमेस्टरमा मेरिटका आधारमा एक जनाले छात्रवृत्ति पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?