+
+

मौद्रिक नीतिले अर्थतन्त्रका समस्या सम्बोधन गर्न सहयोग गर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १७:२६

११ साउन, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग पुग्ने बताएका छन् ।

‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सहयोग पुर्‍याउने गरी लचिलो रुपमा आएको छ, अर्थमन्त्री पौडेललाई उदृत गर्दै उनको सचिवालयले लेखेको छ, ‘मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्‍याउनेछ ।’

मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्यालाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने उनले विश्वास व्यक्त गरे।  मौद्रिक नीति जारी गरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री पौडेलसँग भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?