+

क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक निलम्बित

२०८१ साउन  ११ गते १७:४८ २०८१ साउन ११ गते १७:४८
क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक निलम्बित

११ साउन, काठमाडौं । क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक वेभ प्रिस्टमेन निलम्बनमा परेकी छन् ।

उनलाई न्युजिल्यान्ड टिमको अभ्यासको क्रममा ड्रोनको माध्यमबाट टिममा जासुसी गरेको आरोप लागेको छ ।

डिफेन्डिङ च्याम्पियन रहेको क्यानडालाई उपाधि रक्षाको भीडन्तमा जानु अघि निकै ठूलो झड्का लागेको छ । क्यानडा सन् २०२०/२१ टोकियो ओलम्पिकको स्वर्ण विजेता हो ।

पिस्टमेनलाई खेलअघि अवैधानिक तरिकाले विपक्षीको अभ्यास खेलमा चियोचर्चा गरेको भन्दै न्युजिल्यान्ड ओलम्पिक टिमले आपत्ति स्वरुप नोटिस सार्वजनिक गरेपछि यसले ठूलो रुप लिएको हो ।

यसमा न्युजिल्यान्ड टिमले आफ्नो अभ्यासको दौरान एक ड्रोन आफ्नो मैदानमाथि डुलिरहेको देखेपछि यो कुरा आईओसी (अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी)लाई बताएको हो ।

उक्त ड्रेन उडाउने व्यक्ति क्यानडा टिमका सहायक स्टाफ रहेका थिए । जसलाई प्रहरीले हिरासतमा लिएको छ । यसमा न्युजिल्यान्ड ओलम्पिक कमिटीले आधिकारिक रुपमा आइओसीमा केस दर्ता गरेको हो ।

यसबीचमा क्यानडाको टिमलाई २ वटा चुनौती थपिएको छ । पहिलो त उनको प्रमुख प्रशिक्षक प्रिस्टमेन नहुँदा रणनीतिक रुपमा सहायक प्रशिक्षक एन्डी स्पेन्सलाई ओलम्पिकभरका लागि प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

क्यानडा ओलम्पिक कमिटीले आज विज्ञप्ति सार्वजनिक गर्दै प्रिस्टमेनलाई जिम्मेवारी बाट हटाउँदै एन्डीलाई जिम्मेवारी दिएको जानकारी दिएको छ ।

‘पछिल्लो २४ घण्टामा आएका जति पनि सूचनाका आधारमा क्यानडा फुटबल टिमको निर्णय अनुसार क्यानडा टिमकी प्रमुख प्रशिक्षक वेभ प्रिस्टमेनलाई पेरिस ओलम्पिक २०२४ सम्मलाई निलम्बित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले यसअघि यो जिम्मेवारी कहिल्यै निर्वाह गरेकी छैनन् । जसका कारण रणनीतिक रुपमा क्यानडा पहिलाको जस्तो हुन सक्ला कि नसक्ला त्यो चुनौती रहनेछ ।

अर्को चुुनौती भनेको आफ्नो साख जोगाउने चुनौती हो । उपाधि रक्षाको जिम्मेवारीसँगै अब हरेकको नजर क्यानडाको टिम गतिविधिमा हुनेछ । यस घटनामा अब सम्पूर्ण टिम नै शंकाको घेरामा मुछिएको छ ।

यसमा प्रमुख प्रशिक्षक मात्रै नभई एक सहायक प्रशिक्षक र विश्लेषक पनि शिकार भएका छन् । यसले गर्दा महिला टिम मात्रै होइन पुरुष टिम पनि शंकाको घेरामा तानिएको छ ।

यो घटना साम्य हुँदै गर्दा अब क्यानडा टिमलाई भने एउटा पहाड चढ्नु छ र धेरै कुरा सावित पनि गर्नुछ ।

क्यानडाले २०२४ ओलम्पिकमा आफ्नो पहिलो खेल फ्रान्ससँग सोमबार खेल्नेछ । समूह ए मा रहेको क्यानडाले घरेलु टिम फ्रान्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

क्यानडा महिला फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय