+
+

मौद्रिक नीतिले अर्थतन्त्रको शिथिलता चिर्छ : उद्योग वाणिज्य महासंघ कोशी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १८:३३

११ साउन, विराटनगर । उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्रको शिथिलता चिर्ने प्रतिक्रिया दिएको छ ।

संघका अध्यक्ष राजेन्द्र राउतले मौद्रिक नीति लचिलो आएका कारण व्यवसायीले राहत महसुस गरेको बताए ।

चालुपुँजी कर्जा मार्गदर्शनको अवधि थपले व्यवसायीलाई केही सहज भए पनि उद्योगको वर्गीकरण र बिक्रीको अनुपातमा चालु पुँजी कर्जाको सीमा नहेरिएको महासंघको प्रतिक्रिया छ ।

संस्थागत सेयर धितोमा लगाइएको सीमा हटाउनुलाई संघले सकारात्मक भनेको छ । बन्द उद्योगले तिर्नुपर्ने साँवा र ब्याजलाई सहजीकरण गर्ने व्यवस्थाले राहत मिलेको उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ ।

महासंघले साना व्यवसायीहरूले लिएको १ करोडसम्मको सीमालाई पुनरावलोकन गर्ने व्यवस्थालाई स्वागत गरेको छ ।

त्यस्तै परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्थालाई पनि महासंघले उचित रहेको ठहर गरेको छ ।

निर्माण व्यवसायीमाथि प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि थप्नु, चेक अनादरले मात्रै कालोसूचीमा नराख्नु, जोइन्ट भेन्चर (जेभी)मा संलग्न एक पार्टनर कालोसूचीमा पर्दा अर्कोलाई असर नपर्नुजस्ता नीतिले अर्थतन्त्रलाई सकारात्मक बनाउने संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?