+
+

भीओआईपी सञ्चालन गरेको आरोपमा वनस्थलीबाट २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ११ गते १९:०४

११ साउन, काठमाडौं । अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भीओआईपी) सञ्चालन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगञ्ज गाउँपालिका–४ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका छन् ।

अनुमति नलिई गैरकानूनी रुमा भीओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१६ खरिबोट वनस्थलीबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भीओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सीमकार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ ।

उनीहरू उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?