+
+

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १२ गते १२:१८

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतासँगै अब एनसेलका बी२बि तथा बी२सी ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् ।

नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एप मार्फत एनसेलका सेवा खरिद गर्न सक्नेछन् ।

नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नबिल बैंकका सीईओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्था बिचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने बताए ।

एनसेलका सीईओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?