+
+

धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १२ गते १४:४२
रेलको फाइल तस्वीर ।

१२ साउन, जनकपुरधाम । भंगहा -जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ ।

जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो ।

रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् ।

रेलको लिक छेउबाट हिड्ने बाटो छ । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।

दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?