+
+

मनै लोभ्याउने भांगे झरना (तस्वीरहरु)

सहदेव चौधरी सहदेव चौधरी
२०८१ साउन १२ गते १८:०६

१२ साउन, रसुवा । रसुवाको उत्तरगया गाउँपालिका-२ मा पर्ने भांगे झरना हेर्न शनिबार निकै ठूलो भिड लाग्छ । काठमाडौंका साथै रसुवा र नुवाकोटका विभिन्न ठाउँका मानिसहरु झरना हेर्न पुगेका हुन्छन् ।

झरना काठमाडौंबाट ७२ किलोमिटरमा पर्ने यो झरना हेर्न युवाहरु मोटरसाइकल चढेरै पुग्ने गरेका छन् । माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना नजिकै पर्ने झरना हेर्न बिदाको दिन एक हजार जना आइपुग्ने स्थानीयबासी सेरिका थापा बताउँछिन् ।

पहिले धेरै मानिस नआए पनि पछिल्लो समय सामाजिक सञ्जालबाट प्रचार प्रसार भएपछि यहाँ आउने क्रम बढेको हो । भारतीय चलचित्र बाहुबलीमा देखाउने झरनासँग मिल्दोजुल्दो देखिने कतिपयको भनाइ छ ।

झरना हेर्न आउनेहरु झरना खसेर बनेको दहमा पौडी खेल्ने फोटो र भिडियो खिच्ने गर्छन् । बेत्रावती-मैलुङ- स्याफ्रुबेशी सडक खण्डमा पर्ने झरना रसुवाको बेत्राबती बजारबाट ५ किलोमिटर टाढा छ ।

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?