+
+

संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १२ गते १९:३३

१२ साउन, काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ ।

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । सुनुवाइ समितिमा कांग्रेसका तर्फबाट सदस्य रहेका श्यामकुमार घिमिरेले बैठक बोलाएको पुष्टि गरे ।

२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित भएको थियो ।

यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् । अब सोमबारको बैठकले उनको अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने एक सांसदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?