+
+

नोभा हस्पिटलले मृतकका परिवारलाई साढे १३ लाख दिने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १२ गते १९:३०

१२ साउन, धनगढी । क्षतिपूर्तिबापत रकम दिने सहमति भएपछि धनगढीको नोभा हस्पिटलमा उपचारका क्रममा ज्यान गुमाएका युवकको परिवार शव बुझ्न तयार भएको छ ।

उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव बुझ्न तयार भएका हुन् ।

मृतकका परिवारलाई क्षतिपूर्ति वापत साढे १३ लाख रुपैयाँ दिने, शनिबारको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको उपचार, शव परीक्षण गरेर घरसम्म पुगाउने खर्च व्यहोर्ने सहमति भएको अस्पताल स्रोतले जनाएको छ ।

मृतकका मामा फूलाराम चौधरीले पनि अस्पताले परिवारलाई क्षतिपूर्ति दिने, घाइते दुई जनाको उपचार गरिदिने र शव परीक्षणको जिम्मा लिने सहमति भएको जानकारी दिए । चौधरीले उक्त सहमतिपछि शव परीक्षणको प्रक्रिया अघि बढाइएको बताए ।

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो । सामान्य अवस्थामा अस्पताल भर्ना भएका चौधरीको स्वास्थ्य स्थिति बिग्रिदै गएपछि शुक्रबार अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान आग्रह गरेको थियो ।

दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्र्रममा चौधरीको मृत्यु भएको थियो । त्यसपछि आफन्तले अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै प्रदर्शन गर्नुका साथै शव बुझ्न मानेका मानेका थिएनन् । तर अस्पतालले भने उपचारमा कुनै लापरवाही नभएको दाबी गरिरहेको थियो ।

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आफन्तले शनिबार अस्पतालमा तोडफोड गरेका थिए ।

आक्रोशित समूहले अस्पतालमा ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?