+

पेरिस ओलम्पिकमा पहिलो खेलमै पराजित भएर बाहिरिए श्यान्टु  

२०८१ साउन  १२ गते २०:०७ २०८१ साउन १२ गते २०:०७
पेरिस ओलम्पिकमा पहिलो खेलमै पराजित भएर बाहिरिए श्यान्टु  

१२ साउन, काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी श्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ को पहिलो खेलमै पराजित भएका छन् ।

प्रारम्भिक चरण अन्तर्गत शनिबार भएको खेलमा २४ वर्षीय  श्यान्टु सेनेगलका खेलाडी ३२ वर्षीय इब्राहिम डियाबसँग ४-० ले पराजित भए ।

पहिलो गेममा श्यान्टुले इब्राहिमलाई कडा टक्कर दिएका थिए । तर १०-१० को अवस्थाबाट इब्राहिमले लगातार दुई अंक जोड्दै पहिलो गेम १२-१० ले आफ्नो पक्षमा पारे ।

दोस्रो गेममा इब्राहिम हावी बन्दै ११-३ ले आफ्नो पक्षमा पारे । तेस्रो गेममा पनि लय कायम राख्दै इब्राहिमले ११-४ ले जिते । चौथो गेम ११-५ ले जित्दै इब्राहिमले खेल सहजै जितेका हुन् ।

इब्राहिमले अब राउण्ड अफ ६४ मा हङकङका वाङ चुङसँग खेल्नेछन् ।

छनोट चरण पार पारेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बन्दै इतिहास रचेका श्यान्टुको ओलम्पिक यात्रा भने पहिलो खेलबाटै समाप्त भएको छ । यसअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

श्यान्टुले घरेलु मैदानमा भएको दक्षिण एसियाली छनोटमा नेपालकै संयोग कपालीलाई हराएर स्वर्ण जित्दै पेरिस ओलम्पिकका लागि छनोट भएका थिए ।

श्यान्टु ओलम्पिक खेल्ने पहिलो नेपाली टेबलटेनिस खेलाडी समेत हुन् ।

पेरिस ओलम्पिकमा शनिबार नै नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पनि खेल्दैछन् । मेन्स सिंगल्सको समूह पी मा रहेका प्रिन्सले पहिलो खेलमा विश्व नम्बर दुईमा रहेका डेनिस खेलाडी भिक्टो एक्सेलसनसँग प्रतिस्पर्धा गर्नेछन् ।

श्यान्टु श्रेष्ठ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय