+
+

ताप्लेजुङमा ४.१ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते ६:०१

१३ साउन, काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएको विवरण प्राप्त हुन सकेको छैन ।

यसअघि गत असार २६ गते ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

२०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपाल र भारतका गरी १११ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?