+
+

अमेरिकी डलर उच्च मूल्यमा, यस्तो छ रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते ९:०२

१३ साउन, काठमाडौं । अमेरिकी डलर हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ २७ पैसा तोकेको छ । यसअघि बिहीबार हालसम्मकै उच्च १३४ रुपैयाँ २६ पैसा थियो । त्यस्तै एक अमेरिकी डलरको खरिददर मूल्य १३३ रुपैयाँ ६७ पैसा छ ।

साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६३ पैसा छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८२ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ८३ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ७० पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ३९ पैसा छ ।

एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ १६ पैसा छ भने अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ५ पैसा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?