+
+

हाइकिङ गएकाहरूलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १२:०३

१३ साउन, काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा भनिने धनबहादुर स्याङतान छन् । उनी हाइकिङ गर्नेमाथि लुटपाट गर्ने गिरोहका मुख्य नाइके रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

दहचोकको कालुपाँडे विन्दावासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको अवस्थामा शनिबार उनलाई पक्राउ गरिएको एसपी अधिकारीले बताए । उनको साथबाट दुई थान खुकुरी र विभिन्न गरगहनासमेत बरामद भएको छ ।

लुटपाट गरेर नागार्जुनको हर्सनटार हुँदै कलंकीतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसहित तीन जनाको समूह आए पनि बाँकी २ जना भने फरार भएका थिए ।

पक्राउ परेका लामाको साथवाट दुई थना खुकरी, सुनको बेरुवा औठी, सिक्री, रिङ, ब्रासलेटलगायतका गरी करिब ११ लाख बराबरको गरगहना बरामद भएका छन् । साथै १३ हजार ४ सय नगद पनि बरामद भएको छ ।

यो समूहले नागार्जुन र चम्पादेवी क्षेत्रमा हाइकिङ गर्न गएकाहरुमाथि लुटपाट गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?