+
+

‘क्रिएटर्स मेला’मा सेलिब्रेटीले सिकाए सामाजिक सञ्जाल प्रयोगको शैली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते ११:२४

काठमाडौं । अमेरिकी दूतावासले आयोजना गरेको दुईदिने ‘क्रिएटर्स मेला २०२४’ शनिबार सम्पन्न भएको छ । ठमेलस्थित एलफ्ट होटलमा आयोजिन मेलामा सयौंले सहभागिता जनाए ।

नेपाली डिजिटल क्रिएटर र इन्फ्लुएन्सरको क्षमता र सीपको विकास गर्दै अनलाइनमा उनीहरुको उपस्थितिलाई प्रभावकारी तुल्याउन र व्यवसाय बढाउने उद्देश्यले मेला आयोजना गरिएको दूतावासले जनाएको छ ।

पहिलो दिन झण्डै ५०० जनाले सहभागिता जनाएको र १० भन्दा बढी कार्यशाला र छलफल सत्र आयोजना गरिएको दूतावासले जनाएको छ । दोस्रो दिन शनिबार सहभागीको संख्या अझै बढी रह्यो । दोस्रो दिनमा पनि १० भन्दा बढी कार्यशाला र छलफल सत्र सहित फेसन र सांगीतिक कार्यक्रम आयोजना भए ।

शनिबार सहभागीसँग अभिनेत्री तथा इन्फ्लुएन्सर प्रियंका कार्कीले आफ्नो करिअरको उतारचढाव र सामाजिक सञ्जाल प्रयोगको अनुभव सुनाइन् । उनले सहभागीसँग सामाजिक सञ्जालमा कसरी कन्टेन्ट क्रिएट गर्ने र प्रस्तुत हुने भन्नेबारेमा टिप्स पनि दिइन् । सहभागीले उनीसँग फिल्म, उनको निजी जीवन र सामाजिक सञ्जालबारे कुराकानी गरे ।

टिभी, फिल्म र सामाजिक सञ्जालबारे पूर्वमिस नेपाल श्रृंखला खतिवडा, फिल्म निर्देशन निश्चल बस्नेत र डकुमेन्ट्री फिल्ममेकर श्री गुरुङले छलफल गरे । ‘इन टु द लाइट’ सत्रमा सविन ढुंगानाले फेसन शोको आयोजना गरे । मेकअप आर्टिस्ट डिभिनिसले बडी पेन्टिङ कार्यशाला गरे । उनले यसबारे पडकास्टर सविना कार्कीसँग छलफल गरे ।

गायिका त्रिशला गुरुङले आफ्ना हिट गीतमा सांगीतिक प्रस्तुति दिइन् । इन्स्टाग्राम स्टोरी र रिल्स कार्यशालामा अभिनेता आयुष्मान देशराज जोशीले यसबारे तरिका सिकाए ।

दोस्रो दिनको सत्रमा फुड भ्लगिङ कार्यशाला, कन्टेन्ट क्रिएटरको रुपमा मेन्टल हेल्थ र गोपनीयताबारे अन्तरक्रिया, डिजिटल क्रिएटिभिटीको रुचिलाई कसरी आम्दानीमा बदल्नेबारे कार्यशाला, सामाजिक सञ्जालमा कसरी पर्सनल ब्राण्ड क्रिएट गर्ने, ट्राभल भ्लग, डिजिटल उपस्थितिमा लिंकडिनको प्रयोग कसरी गर्ने, अनलाइन व्यापारको सुरक्षा कसरी गर्ने भन्नेबारे सत्रको आयोजना गरियो ।

पहिलो दिन शुक्रबार पोडकास्टिङ, विभिन्न प्लाटफर्ममा बढ्दो सामाजिक सञ्जालको प्रभाव, सामाजिक सञ्जालमा एआईको सदुपयोग, सामाजिक सञ्जालमार्फत सफलता प्राप्त गर्ने तरिका, दृश्य माध्यममार्फत कथा भन्ने शैली, सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा बहसबारे विभिन्न छलफल सत्र आयोजना गरियो ।

१२ मेनस्टेज सत्र र १९ अन्तरक्रियात्मक सत्रसहित कुल ३१ सत्र कार्यक्रम सञ्चालन भए । मेलामा अमेरिकी राजदूत डीनआर थम्पसन, पब्लिक अफेयर्स प्रमुख विल्करसन ग्यारेट र प्रवक्ता जेहरा नक्वीले पनि सहभागिता जनाए । ग्यारेन्ट र नक्वीले पहिलो दिन सहभागीसँग प्रश्नोत्तर समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?