+
+

सचिवहरूसँग ब्रिफिङ लिंदै प्रधानमन्त्री, निर्देशन पनि दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १२:२६

१३ साउन,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिन सुरु गरेका छन् । आइतबार सिंहदरबारमा सबै सचिवहरुलाई बोलाएर ब्रिफिङ लिन थालिएको हो ।

बैठकमा उपप्रधानमन्त्रीहरुसहित मन्त्रीहरू पनि सहभागी छन् ।  प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरुसहित सुरक्षा निकायका सहभागी कार्यक्रममा सबैले मन्त्रालयको कामकाज, खर्चको अवस्था र समस्याहरुबारे जानकारी दिंँदै छन् ।

सचिवहरुको ब्रिफिङपछि प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई निर्देशन दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?