+
+

दुई साताको कमाइबारे के भन्छन् ‘घरज्वाइँ’का निर्माता ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १२:५१

काठमाडौं । चलचित्र संघ र चलचित्र निर्माता संघको दबाबमा चलचित्र विकास बोर्डले बक्स अफिस कलेक्सन सार्वजनिक गर्न छाडेको महिनौं भइसक्यो । बोर्डले कलेक्सन सार्वजनिक गर्न छाडेपछि निर्माता र वितरकले फिल्मको कमाइ सार्वजनिक गर्दै आइरहेका छन् ।

अहिले हलमा चलिरहेको फिल्म ‘घरज्वाइँ’ले पनि दुई साताको कमाइ बाहिर ल्याएको छ । फिल्मले दुई हप्तामा देशव्यापी चार करोड ६३ लाख ग्रस कमाएको हिसाब सार्वजनिक गरेका छन् । यो कमाइ निर्माताको ‘स्वघोषणा’ हो ।

पहिलो साता फिल्मले एक करोड ५१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको यसअघि जनाइएको थियो । नेपालबाटै लगानी उठेको निर्माताको दाबी छ ।

दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको ‘घरज्वाइँ’ले केही दिन सुखद् व्यापार गरेको थियो । यो फिल्म हेर्न हलमा आदिवासी जनजाति समुदायको बाक्लो उपस्थिति देखिएको छ । ‘घरज्वाइँ’मा अनिल बूढा मगरको निर्देशन र जनक घर्ती मगरको निर्माण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?