+
+

रोबर्ट डाउनी जुनियर मार्वल युनिभर्समा फर्किने पक्का, ‘एभेन्जर्स : डुम्स डे’मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १३:०६
अमेरिकाको सान डियागोमा आयोजित कमिक कन समारोहमा नयाँ फिल्मको घोषणापछि अभिनेता डाउने जुनियर

काठमाडौं । हलिउड अभिनेता रोबर्ट डाउनी जुनियर मार्वल सिनेम्याटिक युनिभर्समा फर्किने पक्का भएको छ । मार्वल स्टुडियोले घोषणा गरेको नयाँ फिल्म ‘एभेन्जर्स  : डुम्सडे’मा उनी डाक्टर डुमको भूमिकामा देखिनेछन् ।

यो फिल्मलाई ‘एभेन्जर्स इन्डगेम’ निर्देशकद्वय जोए र एन्थोनी रुसोले निर्देशन गर्नेछन् । अभिनेता जुनियर निर्देशकद्वयको अघिल्लो ब्लकबस्टर फिल्ममा आइरनम्यानको भूमिकामा देखिएका थिए ।

रुसो दाजुभाइले मार्वलका दुई नयाँ फिल्महरु ‘एभेन्जर्स : डुम्सडे’ र ‘एभेन्जर्स : सेक्रेट वार्स’ समेत निर्देशन गर्नेछन् । डाउनीले हालैका अन्तर्वार्तामा आफू मार्वलमा फर्किन खुला रहेको बताएका थिए । उनले यस्तो बताउँदा फ्यानले उनी आइरन म्यान अर्थात् टोनी स्टार्कको भूमिकामा आउन लागेको अनुमान गरेका थिए ।

खलनायक भिक्टर भोन डमको रोलमा डाउनी फर्किन लागेको यो खुलासा सान डिएगोको कमिक–कन समारोहमा गरिएको थियो । यसपछि उनका फ्यानमाझ ठूलै हलचल आएको छ ।

प्लेब्वाइ सुपर–जिनियस स्टार्कको रूपमा डाउनीको पहिलो उपस्थिति सन् २००८ को ‘आइरन म्यान’मा भएको थियो । जुन मार्वल स्टुडियोका अध्यक्ष केभिन फेइजले डिजाइन गरेको मार्वल सिनेमेटिक युनिभर्सको पहिलो श्रृंखला थियो ।

११ वर्षमा अभिनेता डाउनीले मार्वलका फिल्महरु आइरन म्यान २, आइरन म्यान ३, द इनक्रेडिबल हल्क, द एभेन्जर्स, क्याप्टेन अमेरिका : सिभिल वार, एभेन्जर्स : एज अफ एल्ट्रन, स्पाइडरम्यान होमकमिङ, एभेन्जर्स इन्फिनिटी वार र एभेन्जर्स इन्डगेममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?