+

नवौं महिला एसिया कप : भारत र श्रीलंकाले उपाधिका लागि भिड्दै

२०८१ साउन  १३ गते १३:२९ २०८१ साउन १३ गते १३:२९
नवौं महिला एसिया कप : भारत र श्रीलंकाले उपाधिका लागि भिड्दै

१३ साउन, काठमाडौैं । नवौं महिला एसिया कपको फाइनलमा साविक विजेता भारत र श्रीलंका उपाधिका लागि भिड्दै छन् । खेल आज दिउँसो सवा ३ बजेदेखि  सुरु हुनेछ ।

डम्बुला क्रिकेट रंगशालामा श्रीलंकालाई हराउँदै आठौं पटक उपाधि उचाल्ने लक्ष्यमा भारत छ । गत संस्करणमा पनि भारतले श्रीलंकालाई नै ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

महिला एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट भने यो पाँचौं पटक हो ।

२००४ यता सुरु भएको महिला एसिया कपमा २०१८ को सिजनमा भारतलाई ३ विकेटले हराउँदै बंगलादेशले उपाधी जितेको थियो । त्यसबाहेक २००४, २००५, २००६, २००८, २०१२, २०१६ र २०२२ को उपाधि भारतले जितेको छ ।

आज श्रीलंकाको सम्भावित प्लेइङ ११ः
विश्मी गुण्रत्ने, चमारी अथापाथु(कप्तान),हर्षिता समरविक्रमा, हसिनी परेरा, अनुष्का संजविनी(विकेटकिपर), कविशा दिलहारी, निलाक्षिका सिल्वा, इनोशी प्रियदर्शनी, उदेशीका प्रबोधनी, सुगंधिका कुमारी, अचिनी कुलसुरिया ।

आज भारतको टिममा एउटा परिवर्तन हुन सक्छ । यस प्रतियोगितामा प्रभावकारी भूमिका देखाउन नसकेकी हेमलताको ठाउँमा विकेटकिपर उमा क्षेत्री आज प्ल्इङ सेटमा समावेश हुने सम्भावना पनि छ ।

भारतको लागि सम्भावित प्लेइङ ११ः

सेफाली बर्मा, स्मृति मन्दना, उमा क्षेत्री, हरमनप्रित कौर (कप्तान),जेमिामा रोड्रिग्स,ऋचा घोष(विकेटकिपर), दिप्ती शर्मा, पुजा वस्त्राकर, राधा यादव, तनुजा कन्वर र रेनुका सिंह ।

नवौं महिला एसिया कप भारत-श्रीलंका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय