+
+

डीआईजी मनोज केसीको सरुवालाई लिएर रास्वपाले उठायो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते १४:१२

१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनोज केसीको सरुवाका सम्बन्धमा प्रश्न उठाएको छ ।

आइतबार प्रतिनिधि सभामा आकस्म्कि समयमा लिएर बोल्दै रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरे ।

‘…डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन ? के का लागि ? के उदेश्यका लागि ?’ सांसद ढकालले प्रश्न गरे ।

गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई जिम्मेवारीबाट हटाएको थियो । केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ भने प्रतिष्ठानमा रहेका डीआईजी राजन अधिकारीलाई ब्यूरोमा पठाइएको छ ।

केसीको दुई महिना नबित्दै सरुवा भएको हो । केसीको गत जेठ १६ गते ब्यूरोमा सरुवा भएको थियो ।

कांग्रेसका एक महामन्त्रीले विगतमा इन्स्पेक्टर सरुवाको विषयमा बोलेको स्मरण गर्दै उनले डीआईजी केसीको सरुवाको विषयमा बोल्न सक्ने कि नसक्ने भनेर समेत सांसद ढकालले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?